
काठमाडौं, १६ जेठ । केहि दिन सकारात्मक लयमा गएको नेपाली सेयर बजार नेपाल सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गरेको भोलिपल्टै सोमबार नकारात्मक लयमा गएको छ ।
लगानीकर्ताहरुले मौद्रिक नीतिको समिक्षा र बजेटलाई पर्खिएको भएपनि अझैं उनहिरु ढुक्ककासाथ लागनीका लागि तत्पर भएको देखिएन । सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् । काराेबार रकममा पनि उल्लेखनिय बढोत्तरी भएको छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.०९ अंककले घटेर २१७८.६९ विन्दुमा झरेको छ । नेप्सेमा २.०३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.८४ अंकले घटेर ४२५.२३ विन्दुमा पुगेको छ ।
कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ३४ लाख ५६ हजार ५२९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार ५२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ४ करोड ९६ लाख ३८ हजार ९७५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




