
काठमाडाैं, १७ जेठ । दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ गतेदेखि करिब २२ लाख कित्ता सेयर निष्काशन गर्ने तयारी गरेकाे छ। कम्पनीले सर्वसाधारणका लागि साे सेयर बिक्रीमा ल्याउन लागेकाे हो।
आयोजना प्रभावित जनतालाई बाँडफाँड गरेर बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता गाभेर प्रतिकित्ता १०० अंकित दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाेहाे ।
साे शेयरमध्ये ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि रहेकाे छ । १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ। बाँकी रहने २० लाख १९ हजार ८३९ कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने भएका छन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र बढीमा १७ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने भएका छन्। लगानीकर्ताले छिटोमा जेठ ३१ गते ढीलाेमा असार ९ गतेसम्म आवेदन दिन पाउने छन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




