फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा पहेंलो तथा सेतो धातु सुनचाँदीको भाउ ओरालो लागेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार छपावाल सुनमा रुपैयाँ २०० ले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पहलो धातु छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले आज चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भईरहेको बताएको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।