
काठमाडौं, १८ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन तोलामा रुपैयाँ ८०० ले र चाँदी तोलामा २० रुपैयाँले घटेको जानकारी गराएको छ ।
यसदिन पहेलाे धातु छापावाल सुन तोलामा रुपैयाँ ८०० ले घटेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भई कारोबार भईरहेको छ । मंगलबार तेजाबी तोलाको ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
सेतो धातु चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




