एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आवेदन खुल्यो

-



     सफल आवाज    
     जेठ १९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १९ जेठ । एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलकाे अर्को म्युचुअल फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईका लागि आजबाट आवेदन खुल्ला गरिएकाे छ।

प्रतिइकाई १० रुपैयाँ अंकित दरले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको क्यापिटलले जनाएकाे छ । साे इकाईबाट बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरीएकाे छ। भएकाे ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागिफ बिक्री खुल्ला गरिएकाे हाे ।

७ वर्षकाे अवधि रहेकाे साे फण्डको इकाईमा लगानीकर्ताले घटिमा १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन पेस गर्न सक्नेछन्।