
काठमाडौं, १९ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

अघिल्लो दिन बुधबार रुपैयाँ ८०० ले गिरावट भई कारोबार भएको छापावाल सुनको भाउ बिहिबार रुपैयाँ ४०० ले बढेको छ । यस्तै सेतो धातु चाँदीमा बुधबार २० रुपैयाँले गिरावट कारोबार भएकोमा यसदिन १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४०० ले बढेर तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदीमा रुपैयाँ २० ले गिरावट भई तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




