
काठमाडौं, १९ जेठ । निरन्तर ओरालोको यात्रामा गएको नेप्से उकालो लाग्न सकेको छैन् । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेपछि लयमा फर्किएला कि भन्ने लगानीकर्ताको अपेक्षा कहिले पूरा हुने हो एकिन हुन सकेको छैन ।
नेपाल राष्ट्र बैंक सेयर बजारका समस्याहरुका बारेमा जानकार र सकारात्मक भएपनि उसकाे नीतिमा बजारको दृश्यमा परिवर्तन हुने आशा जिवितै रहेको छ । तर दिनदिनै सेयर बजारको घट्दो क्रमले लगानीकर्तामा उत्साह जाग्न सकेको छैन ।
साताको सेयरको कारोबार हुने चौथो दिन बिहिबार नेप्से परिसूचक १८.२६ अंकले घटेको छ । यसरी घटेको नेप्से २११२.४७ विन्दुमा झरेको छ । नेप्सेमा ०.८६ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ३.८१ अंकले घटेर ४१०.६६ विन्दुमा रहेको छ ।
यसदिन कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ३५ लाख ६६ हजार ८१९ कित्ता सेयरको खरिदबिक्री भएको छ । १ अर्ब १६ करोड १५ लाख १४ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अघिल्लो दिनको तुलनामा केहि सुधार भएको कारोबार हो । बुधबार १ अर्ब ७ करोड बढीको कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबैको सेयर घटेको छ । बैंकिङतर्फ ११.१२ अंकको गिरावट देखिएको छ । व्यापारतर्फ ४६.७२ अंकले, होटल तथा पर्यटनतर्फ १३.४१ अंकले, विकास बैंकतर्फ १९.१९ अंकले घटेको छ ।
यस्तै हाइड्रोपावरतर्फ १३.६२ अंकले, फाइनान्सतर्फ ५.६२ अंकले, नीर्जिवन बीमातर्फ १३८.१६ अंकले, उत्पादनतर्फ ४१.३६ अंकले, अन्यतर्फ २४.४३ अंकले, माइक्रोफाइनान्सतर्फ २९.४२ अंकले घटेको छ ।
जीवन बीमातर्फ १४६.६२ अंकले घटेको छ । लगानी उपसमूहतर्फ ०.३६ अंकले घटेको छ । एक मात्र बाँकी रहेको म्युचुअल फण्डतर्फ ०.०२ अंको बृद्धि देखिएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपाल लिमिटेडको कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख ५८ हजार ६९३ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।











काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




