अप्पर सोलु हाइड्रोको आईपीओमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     जेठ २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० जेठ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमा आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २२ गते आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका जनताका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याएको थियो ।

कम्पनीका अनुसार १३ करोड ५० लाख रुपैयाँ बराबरको रुपैयाँ १०० मूल्य अंकित दरको १३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याईएको हो ।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंककाे सोलुखुम्बु शाखाबाट आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।