ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     जेठ २० गते २०७९ मा प्रकाशित




काठमाडौं, २० जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ९०० तथा चाँदीमा रुपैयाँ २५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एकैदिन ९०० ले बढेर तोलाको ९८ हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले बृद्धि भई तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।