प्राइम कमर्सियल बैंकले जेठ ३१ देखि ऋणपत्र निष्काशन गर्दै

-



     सफल आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २२ जेठ । प्राइम कमर्सियल बैंकले जेठ ३१ गतेदेखि ५ वर्षे अवधिकाे लागि ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ। बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हाे ।

प्रतिकित्ता रू १ हजार मूल्य अंकित रू ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएकाे छ । त्यसबाट २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लािग रहेकाे छ । बाँकी रहने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने भएकाे छ। बैंकले बताए अनुसार सामुहिक लगानी कोषहरुबाट माग गरिएकाे छैन ।

उक्त ऋणपत्र खरिद गर्न चाहने लगानीकर्ताले असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले घटिमा २५ कित्ता र बढीमा १० लाख कित्ताका लागि आवेदन दिन सकिने बताएकाे छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।