असार १ देखि मन्दाकिनी हाइड्रोपावरकाे सेयर निष्काशन हुँदै

-



     सफल आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २३ जेठ । मन्दाकिनी हाइड्रोपावरले असार १ गतेदेखि करिब ६ लाख कित्ता सेयर निषकाशन तथा बिक्रीमा ल्याउने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गर्न लागेको जनाएकाे छ ।

जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुने रू. १०० अंकित मूल्य दरकाे ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेकाे हाे ।

साे सेयरमा कास्कीकाे माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धितालका गा.वि.स.का जनताले आवेदन पेस गर्न सक्नेछन् ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ।