बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
यसदिन छापावाल सुनको भाउ तोलामा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहेलो धातु छापावाल सुनमा रुपैयाँ २०० ले बढेर तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन ताेलाकाे ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलामा रु १५ ले बढेर तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।