
काठमाडौं, २३ जेठ । साताको सेयर कारोबार भएको पहिलो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेपछि सकारात्मक लयमा जाने आशा गरिएको भएपनि बजार त्यो अनुरुपको नहुँदा लगानीकर्ताहरुको मनोवल बढ्न सकेको छैन ।
पछिल्ला दिनहरुमा लगानीकर्ताहरु आन्दोलित् भएका छन् भने उनीहरुले आफ्ना मागहरुलाई संवोधन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटिसकेका छन् । उनीहरुको अगाडी देउवाले राष्ट्र बैंकका गभर्नरलाई फोन गरेर सेयर बजारको समस्या हल गर्न निर्देशन पनि दिईसकेका छन् ।
लगानीकर्ताहरुले समस्याकै बारेमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग भेट तथा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेवोनलाई १९ बुँदे माग राखेर ज्ञापनपत्र पनि बुझाएका छन् ।
अझैं केहि दिन लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा रहेका छन् । नेपाल राष्ट्र बैंकले के नीति अख्तियार गर्छ त्यसमा भर पर्नुपर्ने भएको छ । लगानीकर्ताले सेयर कर्जाको सवालमा ४/१२ को यसअघिकाे सिमालाई खारेज लगायतका माग राख्दै आएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्सेमा दोहारो अंकको गिरावट भएको छ । नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५ विन्दुमा झरेको छ । नेप्सेमा ०.६२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेर ४००.३६ विन्दुमा रहेको छ ।
यसदिन कुल २२८ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । ४४ लाख ९ हजार ६९१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार ६ वटा उपसमूहको सेयर बढेको छ । बाँकी रहेका ७ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । काराेबारकाे अधारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीकाे कारेबार भएकाे छ । कम्पनीकाे ८ करोड २४ लाख ७७ हजार ३८७ रूपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयरमूल्य १० प्रतिशत बढेकाे छ।यसरी बढेर प्रतिकित्ता १ हजार ९३२ रूपैयाँ ८० पैसा भएकाे छ । हिमालयन बैंक लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ५८ रूपैयाँ ९० पैसा कायम भएकाे नेपाल स्टक एक्स छ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




