प्लस टु दिई बसेका विद्यार्थीहरुलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

-



     सफल आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित



पोखरा, २३ जेठ । प्लस टु को परीक्षा सकेर बसेका विद्यार्थी भाइबहिनीहरुलाई अन्नपूर्ण केबुलकारले ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै +२ दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ ।

पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सरांकोट पुग्न सकिने छ ।