
काठमाडाैं, २४ जेठ । पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय भएकाे छ । लगानी बोर्डले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको हाे।
प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले साे निर्णय गरेकाे लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन सुझाव समितिले बुझाएको छ । भट्टले साढे दुई दशकदेखि अल्झिएको यो परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माणको चरणमा ल्याइने बताएका छन् ।
बैठकले १०० मेगावाटको तामाकोसी भी र ४० मेगावाटको रौघाट जलविद्युत आयोजनाको लागि १६ अर्बको लगानी स्वीकृत गरेको छ। तामाकोसी भी १०० मेगावटको जलविद्युत आयोजनाका लागि साढे १६ अर्बको लगानी र रौघाट जलविद्युत परियोजना ४० मेगावटको रहेकाे छ । याे रौगंगा जलविद्युत परियोजना कम्पनीमार्फत प्रवद्र्धित प्याेरियाेजना हाे। साे परियोजनाका लागि लगानी स्वीकृत गरिएकाे छ।
अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन दिइएकाे छ । पश्चिम सेती जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना र राष्ट्रिय प्राथमिकता पनि बोकेको छ ।
राष्ट्रिय गौरवको आयोजना पश्चिम सेतीको डाउन स्टिममा भएको सेती रिभर ३०९ मेगावटको अर्ध जलाशययुक्त आयोजनाबारे पनि छलफल भएको छ । सूर्यतारा सिमेन्ट उद्योगले ओगटेको जग्गा परिवर्तनको विषयमा पनि छलफल भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




