
काठमाडौं, २४ जेठ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा हुने उतारचढावको कारण नेपाली बजार पनि त्यसबाट प्रभावित भईरहने गरेको छ । त्यहाँ भईरहने फेरबदलको कारणले यहाँ पनि सुनचाँदीको भाउ तलमाथि भईरहेको हुन्छ ।

अघिल्लो दिन सोमबार बढेर कारोबार भएको सुनचाँदीको भाउ यसदिन घटेर कारोबार भई रहेको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ १५ ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ६०० ले घटेर तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पहेंलो धातु छापावाल सुन तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँ कायम भई कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार २९० रुपैयाँ कायम भई कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




