
काठमाडौं, २४ जेठ । लगातार ओरालोको यात्रामा गएको सेयर बजार आज पनि उकालाे नलागि ओरालोितरै गएकाे छ । साताको सेयर कारोबार हुने दाेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ भने कारोबार रकममा पनि उल्लेखनिय प्रगति हुन सकेको छैन ।
सेयर लगानीकर्ताहरु यतिबेला आन्दोलित भएका छन् । अहिले उनीहरुले आफ्नो १९ बुँदे ज्ञापनपत्र लिएर सराकोरवाला निकायहरुमा सुनुवाइका लागि गईरहेका छन् ।
केहि दिनअघि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका उनीहरुले धितोपत्र बोर्डलाई पनि ज्ञापनपत्र बुझाई सेयर धितो कर्जामा लगाईएको ४/१२ को मापदण्डलगायतका प्रावधान खारेज गर्न माग गरिरहेका छन् । संघर्ष समितिका संयोजक तीलक कोईरालाले त माग पूरा नगरे असारको सुरुबाटै आमरण अनसन बस्ने घोषणा गरिसकेका छन् ।
आजको सेयर बजारको राताम्मै दृश्यले पनि लगानीकर्ताको मनोवल गिराएको छ । अब उनीहरुले नियामक, निकाय तथा राष्ट्र बैंकले तय गर्ने नीतिलाई पर्खनुबाहेक अर्को विकल्प पनि छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.५९ अंकले घटेको छ । यसरी घटेको नेप्से २०२०.२३ विन्दुमा झरेको छ । नेप्से २.२१ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इन्डेक्स ११.२४ अंकले घटेर ३८९.१२ विन्दुमा रहेको छ ।
कुल २३४ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३८ लाख ८७ हजार ७४८ कित्ता सेयरको कारोबारबाट १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंक लिमिटेडको ६ करोड ११ लाख ८८ हजार ६८३ रुपैयाँ बीस पैसाको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




