
काठमाडौं, २५ जेठ । लगातार ओरालो लाग्दै आएको सेयर बजार आज नवौं दिनमा उकालो चढेको छ । आजको दृश्यले लगानीकर्ताको मनोवल बढेको छ भने सेयर बजार लयमा जाने आशा बढाएको छ ।
आजै नेपाल धितोपत्र बोर्डले ३०औं वार्षिक उत्सव मनाएको छ । यहि दिन अध्यक्ष रमेश कुमार हमालले सेयर धितो कर्जामा लगाईएको ४-१२ को नीतिमा पुर्नबिचार गर्नुपर्ने बताए भने समस्या समाधानको बाटोमा लागेको बताएका थिए । यहि दिन सेयर बजारमा हरियाली छाएको छ ।
हमालले पूँजीबजारको समस्याका बारेमा जानकार रहेको र समस्या समाधानका लागि राष्ट्र बैंक तथा सरोकार राख्ने निकायहरुबीच समन्वय पनि भईरहेको बताएका छन् । सेयर बजारको आज छाएको हरियाली वातावरणले लगानीकर्ताहरुमा उत्साह जगाएको छ । दर्जन दिन रातो लागेको नेप्सेमा हरियाली छाउँदा कारोबार रकममा पनि बृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अन’सार नेप्से परिस’चक ६०.२२ अंकले बढेर २०८०.४४ विन्द’मा चढेकोछ । नेप्सेमा २.९८ प्रतिशत बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ११.२५ अंकले बढेर ४००.३७ विन्दुमा पुगेको छ ।
यसदनि कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ५० लाख ५ हजार ८१४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । कारोबारको आधारमा यसदिन अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको ५ करोड १२ लाख ४० हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




