नेपाल फाइनान्सकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ २६ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २६ जेठ। नेपाल फाइनान्सले निष्काशन तथा बिक्रीमा ल्याएकाे हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

फाइनान्सले जेठ ६ गतेदेखि बिक्रीमा ल्याएकाे साे हकप्रद सेयरमा १० कित्ता बराबर नयाँ ७ कित्ता सेयरकाे रेसियाेमा हकप्रद सेयर बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीले सेयर निष्काशनका लागि बैशाख २१ गते बुकक्लोज गरेको थियो। जसअनुसार बैशाख २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयरकाे काराेबार गरी भएका सेयरधनीहरूले मात्रै निवेदन पेस गर्न सक्नेछन्।

फाइनान्सकाे रूपैयाँ १०० अंकित दरमा ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याइएकाे थियाे ।

कम्पनीकाे चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि याे ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्ने भएकाे छ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेकाे छ।