सुनको भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     जेठ २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार सुनको भाउ बढेको छ । चाँदीको भने स्थिर रहेको छ । यसदिन पहेंलो धातु सुन तोलामा रुपैयाँ ५०० ले बृद्धि भएको छ । सेतो धातु चाँदी भने बुधबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ ५०० ले बढेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छपावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेकाे छ । यसरी स्थिर रहेर चाँदी बुधकारकै भाउ तोलाको १ हजार २८० रुपैयाँमा नै कारोबार भईरहेको छ ।