
काठमाडौं, २६ जेठ । निरन्तर ओरालो लागि रहेको सेयर बजार नवौं दिनमा बुधबार ब्रेक लागेर उकालोतिर लागेको भोलिपल्टै बिहिबार सेयर बजार फेरि राताम्मै भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । सेयर बजारमा देखिएको घट्दो क्रमको पुनरागमनले लगानीकर्ताको उत्साहलाई पुनः घटाईदिएको छ । अब के होला त ? कहिले सकारात्मक लयमा फर्किने हो ? यो भविष्यको गर्भमै रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.५८ अंकले बढेर २०६२.८६ विन्दुमा झरेको छ । नेप्सेमा ०.८५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.९९ अंकले घटेर ३९६.३९ विन्दुमा रहेको छ ।
यसदिन कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ४१ लाख ५६ हजार १०४ कित्ता सेयरको खिरदबिक्री भएको छ । यसबाट १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १७ करोड बढी कम हो ।
१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ६ करोड ७४ लाख ६९ हजार ३०१ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




