घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।