
काठमाडाैं, ३० जेठ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे छ । बैंककाे ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज हुन लागेकाे हाे।
राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्न लागेकाे छ । याे भदौकाे २८ गते परिपक्व हुनेछ। यस्तै १८२ दिनकाे लागि ४ अर्बकाे ट्रेजरी बिल जारी हुन लागेकाे छ । यो मंसिर २७ गते परिपक्व हुनेछ। अर्काे ३६४ दिनकाे ११ अर्बकाे ट्रेजरी बिल रहेकाे छ । जाे २०८० जेठ ३० गते परिवक्व हुनेछ ।
राष्ट्र बैंकले तीनवटै ट्रेजरी बिलको दिउँसो ३ बजे अनलाइनमार्फत बोलकबोल हुने जनाएकाे छ। यसका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारणले सहभागिता जनाउन सक्ने भएका छन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




