
काठमाडाैं, ३१ जेठ । दोर्दी खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिनका लागि आज अन्तिम दिन रहेकाे छ । कम्पनीले जेठ २६ गते २१ लाख ९५ हजार ५०९ कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि निष्काशन गरेकाे सेयर बाँडफाँडपछि बाँकी रहेकाे २ लाख ९७ हजार ८४० कित्ता गाभेर प्रतिकित्ता रूपैयाँ १०० मूल्य अंकित दरकाे २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे थियाे ।
निष्काशन गरिएको कुल सेयरबाट ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी रहेकाे २० लाख १९ हजार ८३९ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता र अधिकतममा १७ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने भएका छन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




