
काठमाडाैं, ३१ जेठ। सेयर बजारको ओरालो लागेको यात्रा रोकिएको छैन । साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार सेयरबजार दोहोरो अंकले घटेको छ ।
लामो समयदेखि लगानीकर्ताहरु १९ बुँदे मागसहित आन्दोलित छन । उनीहरुले राष्ट्र बैंकले लागू गरेको ४/१२ को सेयर कर्जाको नीति खारेज गर्न माग गरिरहेका छन् । हाल उनीहरुले नियामक निकाय तथा राष्ट्र बैंकले अवलम्बन गर्ने अबको नीतिलाई पर्खिरहेका छन् ।
उता अर्थमन्त्री जनार्दन शर्माले करका दायराहरुमा फेरबदल गरिएको र अनाधिकृत मान्छेलाई सहभागि गराएको विषय प्रकाशमा आएको दिनमै नेप्सेमा भएको राताम्मै दृश्यले लगानीकर्ताहरुको मनोवल निकै घटेको छ । यसदिन अघिल्लो दिनको तुलनामा कारोबारमा केहि सुधार भएको छ भने कारोबार रकमको घेरोले अर्बलाई छोएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६.०७ अंकले घटेर १९९६.२६ विन्दुमा झरेको छ । नेप्से १.७८ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स ६.४८ अंकले घटेर ३८३.५१ विन्दुमा पुगेको छ ।
कुल २३२ कम्पनीको कारोबार भएको छ । ४१ लाख ४७ हजार २५५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४ करोड ६७ लाख १८ हजार १९३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियाे ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




