मन्दाकिनी हाइड्रोपावरको सेयरमा आवेदन खुल्ला, कहिलेसम्म दिने ?

-



     सफल आवाज    
     असार १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ असार । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे छ ।

कम्पनीका अनुसार जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुने प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा ५ लाख ८८ हजार ३७ कित्ता सेयर बिक्रीमा ल्याइएकाे हाे ।

लगानीकर्ताले आयोजना प्रभावित कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ अर्थात पहिलेका सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धितालका जनताले आवेदन दिन पाउनेछन् ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले असार १५ गतेसम्म पेस गर्न सक्नेछन् । साे समयमा माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा ढिलोमा असार ३० गतेसम्म पेस गर्न सकिने छ।

लगानीकर्ताले मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौँ, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंक हेम्जा तथा प्राइम कमर्सियल बैंक लामाचौरबाबाट आवेदन दिन सक्नेछन् । यस्तै सेबाेनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन पेस गर्न सक्नेछन् ।

सेयरमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । मन्दाकिनी हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ।