
काठमाडौं, १ असार । आदर्श लघुवित्त वित्तीय संस्थाले आजदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे छ।
संस्थाले बिक्रीमा ल्याएकाे कुल ६७ हजार कित्ता सेयरबाट १ हजार ३५ कित्ता कर्मचारीका लागि रहेकाे छ। ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाे छ । बाँकी रहेकाे ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।
लगानीकर्ताले छिटाेमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् । यसका लागि घटिमा १० र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ रहेकाेमा सेयरकाे बिक्री तथा बाँडफाँडपछि चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्ने भएकाे छ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




