दुई दिनमा रु २४०० ले घट्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     असार १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

मंगलबार छापावाल सुनमा एकैदिन रु १८०० ले घटेर कारोबार भएको थियो भने यसदिन रुपैयाँ ६०० ले गिरावट भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाल सुन तोलामा रुपैयाँ ६०० ले घटेर तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको रुपैयाँ १ हजार २४५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा नै कारोबार भएको थियो ।