राेकिएन नेप्सेकाे ओरालो यात्रा, टेलिकमले गर्याे साढे १२ कराेड बढिकाे काराेबार

-



     सफल आवाज    
     असार १ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ असार । सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजार राताम्मै भएको छ।

सबै सूचकहरु घटेका छन् । कारोबारमा भने केहि सुधार देखिएको छ । अघिल्लो दिनको दिनको तुलनामा कारोबार रकम ३१ करोड बढी देखिएको छ । यसदिनको राताम्मै बजारले गर्दा सेयर लगानीकर्तामा कुनै रौनक ल्याउन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा झरेको छ । नेप्सेमा १.५० प्रतिशतको गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.६० अंकले घटेर ३७८.९० विन्दुमा रहेको छ ।

बुधबार कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ४१ लाख ८२ हजार ३६९ कित्ता सेयरको खरिद बिक्रीबाट १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ।जसअनुसार १२ करोड ५७ लाख १४ हजार ६४९ रुपैयाँ ७० पैसाको कारोबार भएको छ ।