
काठमाडौं, १ असार । सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गरेका छन् । प्रत्येक वर्षको असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले बजेट सार्वजनिक गर्न गरेका हुन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (२)मा प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९–८० का लागि बजेट पेश गरेका छन् । बुधबार प्रदेश सभाको बैठकमा उनले ३५ अर्ब ९० कराेड ९० लाखकाे बजेट पेश गरेका हुन् ।
चालू आर्थिक वर्ष भन्दा बजेट करिब ६ अर्ब बढेर आएको उनले बताए । अर्थमन्त्री बरालका अनुसार चालुतर्फ १३ अर्व २६ कराेड र पुँजीगततर्फ २२ अर्व १४ कराेड बजेट ल्याइएको हो ।
आन्तरिक खर्च हुन नसकेको रकम, आन्तरिक ऋण र आन्तरिक स्रोतबाट बजेटको आकार बढाइएको हो । सरकारको आफ्नो कार्यकालमा ल्याउने यो नै अन्तिम बजेट हो ।
बजेटले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकीमा १२ वटा मन्त्रालय छन् । काँग्रेस नेतृत्वको गठबन्धनको सरकारले ल्याउन लागेको यो बजेट दोस्रो पटक हो ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यकाे पूर्णपाठ
गण्डकी प्रदेश सभा, दशौ अधिवेशन, पन्ध्रौ बैठक, मिति २०७९/३/१ , दिनको ३.४५ बजे, बजेट प्रस्तुती








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




