बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असार । मंगलबार रुपैयाँ १८०० र बुधबार रुपैयाँ ६०० ले गरी दुई दिनमा २४०० ले घटेर कारोबार भएको सुनचाँदीको भाउमा आज भने केहि बृद्धि भएको छ ।

छापावाल सुन तोलामा यसदिन रुपैयाँ ८०० ले बृद्धि भएको छ भने चाँदीमा रुपैयाँ २० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार छापावाल सुनमा रुपैयाँ ८०० ले बढेर तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।