
काठमाडाैं, ३ असार । भारतीय तेल कम्पनी, इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाइ पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूची पठाएको निगमले जानकारी दिएकाे छ । यसअनुसार फेरि नेपालमा इन्धनकाे मूल्य बृद्धि हुने संकेत देखिएकाे छ ।
आईओसीले पठाएकाे नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ रूपैयाँ र डिजेलमा १९.०३ रुपैयाँ बढेको जनाएकाे छ। यस्तै हवाइ इन्धनमा १९ रूपैयाँ ९१ पैसा बृद्धि भएकाे छ ।
नयाँ मूल्यसूची आएपछि आगामी १५ दिनमा ४ अर्ब ८१ कराेड, मासिक ९ अर्ब ६३ कराेड घाटा हुने नेपाल आयल निगमले जनाएकाे छ ।
नयाँ खरिद मूल्यमा विभिन्न शीर्षकको कर थप्दा पेट्रोलको खरिद लागत प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा, डिजेलको २०२ रुपैयाँ १६ पैसा, मट्टितेलको १४७ रुपैयाँ ९९ पैसा, हवाई इन्धन (आन्तरिक)को १६८ रुपैयाँ ७० पैसा, हवाई इन्धन (बाह्य)को प्रतिलिटर १४७ रुपैयाँ ८९ पैसा र एलपी ग्यासको प्रतिसिलिण्डर दुई हजार ५५१ रुपैयाँ १५ पैसा पुगेको छ ।
निगमलाई हालको बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा दुई रुपैयाँ ७० पैसा घाटा तथा मट्टितेलमा प्रतिलिटर १७ रुपैया एक पैसा र हवाई इन्धन (बाह्य)मा प्रतिलिटर ४४ रुपैयाँ ६३ पैसा नाफा छ ।
हाल पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १७८, डिजेल÷मट्टितेलको रु १६५, हवाई इन्धन (आन्तरिक)को रु १६६, हवाई इन्धन (बाह्य) प्रतिलिटर १.५४ अमेरिकी डलर र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ८०० छ । नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रुपमा पेट्रोलमा रु ९५ करोड, डिजेलमा रु दुई अर्ब ९१ करोड, हवाई इन्धन (आन्तरिक) मा रु ६६ लाख र एलपी ग्यासमा रु एक अर्ब १४ करोड घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन पेट्रोलियम पदार्थको खुद्रा बिक्री लागत मूल्य सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




