बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुन तोलामा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचााँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन तोलामा रुपैयाँ ५०० ले बृद्धि भई तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ कायम भएर काराेबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९६ हजार ८०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बृद्धि भई तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो