
गलकोट, ५ असार । बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत भएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन अधिकृत भूमिश्वर गौतमका अनुसार सङ्घको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएको बताए ।
मतदानअघि नै प्रतिस्पर्धी निर्माणकुमार श्रेष्ठलाई हटाएर कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । दुवै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन् । पार्टीले सर्वसम्मत कँडेललाई बनाउन समन्वय गरेपछि निर्माणकुमार श्रेष्ठ पछाडि हटेका हुन । बागलुङ उद्योग वाणिज्य सङ्घको संस्थागत विकास गरी आम उद्योगी र व्यवसायीको हितमा आफूले काम गर्ने अध्यक्ष कँडेलले बताए । उनले सबैलाई समेटेर उद्योगी व्यवसायीको हितमा लाग्ने बताए।
कँडेल पूर्वउपाध्यक्ष र निर्वतमान महासचिवसमेत थिए। सङ्घको उद्योग सदस्यतर्फ निलेश राजभण्डारी र ऋषिराम गौतम पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । सङ्घको खुलातर्फको १४ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेको थियो । खुला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भए ।
खुला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणि पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहेका छन् ।
मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिने छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




