आदर्श लघुवित्तकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ५ असार । आदर्श लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयरमा निवेदन पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे।

लघुवित्तले निष्काशन गरेको कुल सेयरबाट १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी रहेकाे ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ।

लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ रहेकाे छ। आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ हुनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।