श्वेत गंगा हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ६ असार । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले निष्काशन तथा बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले जेठ २३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि सेयर खुला गरेकाे थियाे ।

कम्पनीले १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ जारि पूँजीको १० प्रतिशतले हुने रू १०० अंकित मूल्य दरमा १५ लाख ९३ हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे थियाे।

रामेछापकाे लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४, ओखलढुङ्गाकाे लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का जनताका लागि ११ लाख १५ हजार १०० कित्तारहेकाे छ।

आयोजनाको प्रसारण लाईन पर्ने रामेछापको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न।पा।को वडा नं. ११, १२ र १३, रामेछाप न.पा.को वडा नं. १ र ३ का जनताका लागि ३ लाख ९८ हजार २५० कित्ता र रामेछापकाे लिखु तामाकोशी गा.पा. को वडा नं. १ र ओखलढुङ्गाको लिखु गा.पा.को वडा नं. १, २ र ३ का लागि ७९ हजार ६५० कित्ता रहेकाे छ ।

सेयरमा लगानी गर्न चाहने साे क्षेत्रका जनताले घटिमा १० र बढीमा १० हजार कित्तासम्मकाे लागि आवेदन पेश गर्न पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेकाे छ।