घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४०० ले घटेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलामा रुपैयाँ १० ले घटेर तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।