अप्पर सोलु हाइड्रोकाे असार २० गतेदेखि सेयर निष्काशन हुँदै

-


     सफल आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित


काठमाडाैं, ९ असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले असार २० गतेदेखि सर्वसाधारणका लागि साडे १९ कराेड बढीकाे सेयर निष्काशन तथा बिक्रीमा ल्याउने भएकाे छ।

प्रतिकित्ता रू १०० अंकित दरमा १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे। साे सेयरबाट ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएकाे छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेकाे १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन पाउने भएका छन्।

सेयरमा लगानीका लािग कम्तिमा १० कित्ता र बढीमा १ लाख कित्ता सेयरकाे लागि आवेदन दिन सकिने भएकाे छ । लगानीकर्ताले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त मितिसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा साउन २ गतेसम्म आवेदन दिन सकिने भएकाे छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।