बढ्यो सुनको भाउ, चाँदीकाे घट्यो

-


     सफल आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित


काठमाडौं, ९ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ सामान्य रुपले बढेको छ । छापावाल सुनमा रुपैयाँ २०० ले बढेको हो । यसदिन चाँदीको भाउ ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० ले बढेर तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसघघि बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको थियो

तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।