नेप्सेमा ४५.२५ अंकको गिरावट, १ अर्ब ४९ करोड बढीको कारोबार

-


     सफल आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित


काठमाडौं, ९ असार । साताको सेयर करोबार हुने पाँचौ दिन आज बिहिबार सेयर बजारमा अर्धशतक नजिकको गिरावट भएको छ । कारोबार रकममा केहि सुधार देखिए पनि बजार राताम्मै हुँदा सकारात्मक लयमा जाने दिनको पर्खाईमा रहनुको विकल्प भएन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा झरेको छ । नेप्सेमा २.३९ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ७.०६ अंकले घटेर ३६२.०९ विन्दुमा रहेको छ ।

कुल २३७ कम्पनीको सेयर कारोबार भएको छ । ५० लाख ८ हजार ७७१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४९ करोड ९७ लाख ९ हजा्र ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ उपसमूहतर्फ २१.२९ अंकले घटेको छ । व्यापारतर्फ ३९.३९ अंकले घटेको छ । होटल तथा पर्यटनतर्फ ६७.१३ अंकले, विकास बैंकतर्फ ११९.८६ अंकले घटेको छ ।

हाइड्रोपावरतर्फ ८६.३६ अंकले, फाइनान्सतर्फ ४७.१ अंकले, नीर्जिवनतर्फ बीमातर्फ २१८.०५ अंकले, उत्पादनतर्फ ९५.९७ अंकले र अन्यतर्फ ३३.१९ अंकले घटेको छ ।

माइक्रोफाइनान्सतर्फ १०२.१५ अंकले, जीवन बीमातर्फ १४३.३८ अंकले, म्युचुअल फण्डतर्फ ०.२५ अंकले र लगानी उपसमूहतर्फ २.१३ अंकले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ९ करोड ५३ लाख १२ हजार ५१० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।