
काठमाडौं, १० असार । समस्यामा रुमल्लिएकाे सेयर बजारकाे सकारात्मक विकास तथा सुधारको लागि १९ बुँदे माग गर्दै आन्दनेलन गर्दै आएका लगानीकर्ताहरुको संघर्ष समिति र नेपाल धितोपत्र बोर्डबीच १९ बुँदे सहमति भएपछि आज सेयर बजार सकारात्मक लयमा फर्किएको छ ।
नेपाल धिताेपत्र बाेर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले संघर्ष समितिका संयोजक तीलक कोईरालालाई जुस पिलाएर कोईरालाको १० दिन देखिकाे अनशन तोडाईएको हो । काेराइला असार १ गतेबाट आमरण अनशन बस्दै
नेपाल धिताेपत्र बाेर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले संघर्ष समितिका संयोजक तीलक कोईरालालाई जुस पिलाएर कोईरालाको १० दिन देखिकाे अनशन तोडाईएको हो । काेराइला असार १ गतेबाट आमरण अनशन बस्दै आएका थिए ।
संयोगले कोईरालाको अनशन तोडिएकै दिन नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामा नपुगे पनि अर्बबाट केहि माथि पुगेको छ ।
नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा उक्लियाे
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७५ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.८१ अंकले बढेर ३६४.९० विन्दुमा पुगेको छ ।
कुल २२३ कम्पनीको सेयर कारोबार भएको छ । ३५ लाख ४१ हजार ५३७ कित्ता सेयरको कारोबारबाट १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ८ करोड ६३ लाख १२ हजार ३४७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।


यी हुन लगानीकर्ता र सेबाेनबीच भएकाे सहमतिका बुँदाहरु
मुद्रा तथा पूँजी बजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समतिको ५८ बूंदे सुझावका बाँकी काम गर्न गराउन पूँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्ने । बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई बोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने ।
कमिशन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडि बढाइने । धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूर्वाधार तयार गर्न सूचित गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृति गरिएको छ । थप १६ स्थान स्वीकृत दिने प्रकृया तत्काल अगाडि बढाइने ।
गैर आवसीय नेपालीहरुलाई पुँजी बजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकोले आगामी २०७९ श्रावण देखि कार्यान्वयनमा आउने ।
सार्वजनिक ओहदामा रहेकाहरुलाई पूँजी बजारको बारेमा सकारात्मक वा नकारात्मक अभिव्यक्ति नदिने सम्बन्धमा बोर्डले संचालन गर्ने वित्तीय साक्षरताको कार्यक्रममा उक्त विषयलाई विशेष जोड दिने र यस सम्बन्धमा बोर्डले समय समयमा विज्ञप्ती जारी गर्ने ।
नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने । साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म संचालनका लागि नेप्सेले कार्यविधि तयार गरिसकेको र सो सम्बन्धी प्राविधिक व्यवस्था मिलाउने कार्य भैरहेकोले २०७९ भदौ महिना सम्म कार्यान्वयनमा ल्याउनका लागि पहल गर्ने ।
धितोपत्र बजारमा लिईने शुल्कका सम्बन्धमा बोर्डबाट अध्ययन सम्पन्न हुने क्रममा रहेकोले सोको प्रतिवेदन प्राप्त भएपश्चात सबै सरोकारवालाहरुको उचित राय सुझाव लिई अन्तिम रुप दिने । दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूंजीगत लाभकर लाग्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने ।
मागको बुँदा ११ को सम्बन्धमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७४ कार्यान्वयन पश्चात टिएमएस सञ्चालन गर्दा प्राविधिक रुपमा सम्भाव्य भएमा उक्त व्यवस्था समेट्ने सम्बन्धमा आवश्यक कार्य अगाडि बढाइने छ। मागको बूंदा १२ को सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसंग समन्वय गर्ने। धितोपत्र बजारमा नयाँ औजार भित्रयाउने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज लि। बाट अध्ययन भई कार्यान्वयनको चरणमा रहेकोले सोको लागि आवश्यक कार्य अगाडि बढाइने ।
मागको बँदा १४ सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बीमा समितिसंग आवश्यक समन्वय गर्ने। मागको बूंदा १५ सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गर्ने । मागको बूंदा १६ सम्बन्धमा आवश्यक अध्ययन गरी कार्य अगाडि बढाइने ।
मर्जर तथा एक्विजिसन सम्बन्धमा रहेको अन्यौलता हटाउन नेपाल राष्ट बैंक, बीमा समिति र नेप्से सम्मलित समिति गठन भइसकेको र उक्त समितिबाट प्राप्त हुने प्रतिवेदन बमोजिम कार्य तत्तकाल कार्य अगाडि बढाइने। मागको बूँदा १८ को सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग समन्वय गर्ने रहेका छन् ।
मागको बूंदा नं। १९ को सम्बन्धमा पूँजी बजार र शेयर मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागू गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी आवश्यक समय प्रदान गर्ने रहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




