सुनचाँदीकाे भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार सुनचाँदीको भाउ सामान्य रुपले बढको छ । छापावाल सुन तोलामा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ १०० ले बढेर ताेलाकाे ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यसअघि शुक्रकार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाकाे ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदी तोलामा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।