आन्दोलनकाे अन्त्यपछिकाे पहिलाे काराेबारमा नेप्सेमा झण्डै शतकको बढोत्तरी, लगानीकर्ता खुसि

-



     सफल आवाज    
     असार १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ असार । लामो समयदेखि आन्दोलन गर्दै आएका सेयर बजारका लगानीकर्ताहरु र नियामक निकायबीच सहमति भएपछि बजार खुलेको पहिलो दिनमै आज सेयर बजारमा झण्डै शतकको बढोत्तरी भएकाे छ । सर्वत्र हरियाली छाएको छ ।

ओरालो लाग्दै आएको नेपाली सेयर बजारमा साताको सेयर कारोबार हुने पहिलो दिन आइतबा्हर रियाली छाएपछि लगानीकर्ताहरुमा खुसियाली छाएको छ । उनीहरूले अब बजारकाे गति सुल्टाे हुने आशा पलाएकाे बताएका छन् ।

नेप्से परिसूचक झण्डै शतकको नजिक पुगेको छ । अर्थात नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ५.१० प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १७.९३ अंकले बढेर ३८२.८४ विन्दुमा पुगेको छ ।

कुल २३० वटा कम्पनीको सेयर कारोबार भएको छ । ६३ लाख ६३ हजार ५९० कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार लामो समयपछिको उच्च कारोबार हो । कुनैबेला २० अर्ब माथिको कारोबार भएको नेप्सेमा पछिल्लो समय ८८ करोडभन्दा तल झरेकोमा यो कारोबार लगानीकर्तासंग भएको सहमति पछिको उच्च कारोबार हो ।

यसदिन १३ वटै उपसमूहका हरियाली छाएको छ । सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ८ करोड ६४ लाख ३८ हजार ९५३ रुपैयाँ बराबरको कारोबार भएकाे हाे ।