सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार रकम

-



     सफल आवाज    
     असार १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ असार । लगानीकर्ताको आन्दोलन सहमतिमा टुंगिएपछि भएको पहिलो कारोबारको दिन आईतबार नेपाली सेयर बजारमा झण्डै शतकको बढोत्तरी भएपनि त्यसको भोलि पल्टै आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको छ । नेप्सेमा १.२२ प्रतिशतले गिरावट भएको छ । सेन्सटिभ इण्डेक्स ७.०२ अंकले बढेर ३७५.८२ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ५६ लाख ४१ हजार ५४० कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये दुईवटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । उनीहरुमा जीवन बीमा र लगानी उपसमूह रहेका छन् । नेप्सेका अनुसार ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नागरिक लगानी कोषको काराबार भएको छ । कोषको १५ करोड ६५ लाख ८८ हजार २७४ रुपैयाँ बराबरको कारोबार भएको हो ।