अपर हेवाखोला हाइड्रोपावरकाे असार २४ गतेदेखि १५ लाख कित्ता सेयर निष्काशन हुने

-



     सफल आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १४ असार । अपर हेवाखोला हाइड्रोपावरकाे असार २४ गतेदेखि १५ लाख कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागिएकाे छ । कम्पनीले सर्वसाधारणका साे सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीका अनुशार प्रतिसेयर रू १०० अंकित मूल्य दरकाे १५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेकाे बैंकले जनाएकाे छ । कुला सेयरबाट ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी रहने १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन्।

लगानिकर्ताले असार २८ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म आवेदन नपरेकाे खण्डमा साउन ६ गतेसम्म आवेदन पेश गर्न सकिने छ। लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन पाउने छन् ।

सेयमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।