मंगलबार सुनचाँदीको भाउ स्थिर रहि कारोबार हुँदै

-



     सफल आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसदिन साेमबारकै भाउमा काराेबार भईरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन स्थिर रहि तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा नै खरिदबिक्री भएको थियो ।