
कञ्चनपुर, १५ असार । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । ४ बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएका छन् ।
लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको चानदेवमा रहेको छ । किसान रानाको खेतबारीमा बढी उत्पादन दिने जी नौ जातको केरा रोपिएको छ । रोपिएको केराको बोटमा घडी (फल) लाग्न सुरु भइसकेको छ । “खेतबारीमा रोपिएका सबै केराका बोटमा फल लाग्न सुरु भएको छ,” रानाले भने, “निकै खुसी छु ।
केराबाट चाहेजस्तो आम्दानी हुनेमा ढुक्क छु ।” केरा खेतीका लागि उनले रु १२ लाख लगानी गरेका छन् । ८ वर्षअघि देखि खेतबारीमा थोरै केरा रोप्दै आएको थिए,” उनले भने, “खासै गतिलो आम्दानी हात पार्न सकिएन । दुई वर्ष हावाहुरीले खेतमा लगाएको केरा खेती पूरै सखाप पा¥यो । हरेस खाइनँ ।”
परम्परागत रुपमा केरा रोप्दा लगानीसमेत उठ्न मुस्किल हुन्थ्यो । कृष्णपुर नगरपालिकामा सञ्चालित व्यावसायिक केरा खेतीबारे आयोजना गरिएको तालिममा सहभागी हुने अवसर किसान रानालाई अवसर जु¥यो । उनले केरा खेतीबारे तालिम लिए । तालिममा सिकेको सीपको सदुपयोग गर्दै केरा खेती गर्न थालेपछि रानाको आम्दानी बढ्न थाल्यो ।
“पूँजी बढ्न थालेपछि केरा खेती गर्ने हौसला बढ्दै गयो । त्यसपछि केरा खेतीलाई नै मुख्य व्यवसाय बनाएर काम गर्न थालेको छु । अब विगतको जस्तो घाटा व्यहोर्नु पर्दैन,” उनले भने, “केरा खेतीबाटै वार्षिक रुपमा रु १५ देखि रु २० लाखसम्म आम्दानी हुने अपेक्षा राखेको छु ।” एउटै केराको बोटमा १२ देखि १८ दर्जनसम्म केरा फलेको उनले बताए।
विगतमा केरा खेतीबाट रु पाँच लाख जति आम्दानी हुदै आएकाेमा केरोको क्षेत्रफल बढाएपछि आम्दानीसमेत सोही अनुरुप हुने उनी बताउछन्। किसान रानाको केराप्रतिको लगनशीलतालाई दृष्टिगत गर्दै नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा रु छ लाख बराबरका सामग्री उपलब्ध गराइएको छ । उनले दुईवटा पावर टिलर, एकवटा टी बोरिङ, रासायनिक मल, विषादी र आठ हजार केराका बोट ५० प्रतिशत अनुदानमा पाएका छन् ।
अनुदानमा सामग्री पाएपछि राना निकै सन्तुष्ट छन् । “परिश्रम गरेर सफल हुनेलाई समाजबाट वाहवाही पाइने रहेछ,” उनले भने, “व्यावसायिक काम गर्ने भएकाले नै कृषि शाखाले बोलाएरै अनुदानमा यति बढी सामग्री दिएको छ ।” केरा खेती गर्नुअघि किसान रानाले खेतमा धान गहुँ लगायतको खेती गर्दै आएका थिए। धान खेतीबाट परिवार पाल्नका लागि मात्रै खर्च उठने गरेको थियो ।

केरा खेतीलाई व्यावसायिक बनाएर अगाडि बढेपछि आम्दानी तीन गुणाले बढेको राना सगर्व सुनाउनुहुन्छ । साधारण लेखपढ मात्रै गर्न जान्ने रानाले व्यावसायिक केरा खेती गरेपछि १० जनाभन्दा बढीलाई रोजगारीसमेत दिए । परिवारका सदस्यसँगै केरा गोडमेल गर्न, सिँचाइ गर्न, काटछाँट गर्न, बजार लैजान ठिक्क भएको केरालाई बारीबाट काटेर ट्रकमा राख्ने कार्यका लागि उहाँले युवाहरुलाई अल्पकालीन रुपमा रोजगारी दिँदै आएका छन् ।
चलनचल्तीको दररेटमा युवाहरुलाई दैनिक ज्यालादारीमा काममा राख्ने गरेको रानाले बताउनुभयो । मोहन वडामै व्यावसायिक रुपमा केरा खेती गर्ने एक्लो किसान भएको वडाध्यक्ष नवल सिंह राना बताउछदन् । “युवाहरुको प्रेरणाको स्रोत भएकाले अरू युवाहरुलाई समेत उहाँको जस्तै कार्य गर्नका लागि प्रेरित गर्न वडा कार्यालयका तर्फबाट कार्यक्रम सञ्चालन गर्नका लागि प्रतिबद्ध रहेको छु,” उनले भने, “नगरको नीति तथा कार्यक्रममा समेत एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने कुरा उल्लेख छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




