आर्गानिक कृषि उत्पादनको बजारीकरणमा मुना बजारको प्रभाव राम्रो : अध्यक्ष वराल

- सार्वजनिक सुनुवाई सम्पन्न

-



     सफल आवाज    
     असार १५ गते २०७९ मा प्रकाशित



पोखरा, १५ असार । पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ वरालले स्थापनामा शुरुआती ३ महिनाको अवधिकमा पोखरा सिर्जनाचोकमा स्थापना भएको मुना कृषि बजारले आर्गानिक कृषि उपकाे बजार व्यवस्थापनमा राम्रो प्रभाव पारेको बताएका छन् ।

पोखरामा स्थापना भएर गण्डकी प्रदेशका रैथाने बालीहरुको खोजि, संरक्षण तथा उत्पादित वस्तुहरुको मूल्य बिचौलियाको हातमा पर्न नदिई कृषकको हातमा पुर्याउने लक्ष्य लिएकोमा खुसि व्यक्त गरे ।

मुना बजारले असार १५ को दिन पारेर आयोजना गरेको रास्ट्रिय धान दिवस २०७९ एवं सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि वरालले कृषकलाई प्रोत्साहन गर्ने र उनीहरुलाई उचीत मूल्य दिलाउनका लागि पुलको रुपमा सक्रिय भएकाेमा आभार व्यक्त गरे ।

स्थानिय सरकारले २०७९÷०८० काे बजेटमा कृषिलाई बढावा दिएको बताउँदै स्वस्थर कृषि उपजको बजारिकरणको लागि महतत्वपूर्ण भूमिका खेल्ने बताए । कृषकका समस्या समाधानको लागि मुनासंग भएका कृषि प्राविधिकको तर्फबाट सचेतनाको कार्य हुने विश्वास व्यक्त गरे । उनले वडाको तर्फबाट गर्न सकिने सहयोगका बारेमा समन्वय हुने विश्वास व्यक्त गरे ।

कृषि उत्पादनको क्षेत्रमा काम गरिरहेका शुरेस रेग्मीले स्याङजाको पुतली बजारमा आर्गानिक कृषिको काम गरिरहेको र त्यहाँ उत्पादित बस्तुहरुको बजारिकरणको लागि मुना बजार एक सहयोगि भएको बताए । मुना बजारले आर्गानिक कृषि उपजको बजारिकरणको लागि ठूलो भूमिका खेल्ने र रैथाने बालीको संरक्षणमा राम्रो भूमका खेल्ने बताए ।

पोखरा वडा नं ८ का वडा सदस्य पवित्रा पौडेलले नागरिकलाई आर्गानिक कृषि उपजको सेवा दिने मुना बजारको उपत्यकापछिकाे रोजाई पोखरामा पाँचौ शाखाको रुपमा खुलेकोमा खुसि व्यक्त गरिन् । कृषकको मर्मलाई बुझेर बिचौलियाबाट मूल कृषकलाई जोगाएर उचित मूल्य पाउने अवस्था सिर्जना गर्ने लक्ष्य लिएकोमा वधाई व्यक्त गरिन्।

मुना कृषि लिमिटेड पोखराका मूल्यांकन तथा निगरानी समितिका सभापति विष्णु भण्डारीले यस क्षेत्रका उपभोक्ताका लागि स्वस्थकर कृषि उपजको उपभोग गराउन र कृषकलाई पनि लाभान्वित गराउने सेवाका लागि स्थापना गरिएको बताए ।

कार्यक्रममा सभापति मुना बजारका निर्देशक पशुपती भण्डारीले अफ्ठेरो परिस्थितिमा उपत्यका चारवटा शाखा खोलि सकेपछि पोखरामा आर्गानिक कृषि उपजको बिक्री बितरणका लागि हात हालेको बताए । अब हामीले केहि गर्नुपर्छ भनेर आएका छौं । उनले भने, शरुआती दिनहरुबाटै उपभोक्ताको माया बढेकोले भविष्यमा मुना बजारलाई ७५ वटा जिल्लामा बिस्तार गर्ने सोंच रहेको बताए ।

कार्यक्रममा मुना बजारकी प्रमुख व्यवस्थापक तथा कम्पनी सचिव दिव्या पाण्डेले प्रदेश सरकार, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय र मुना कृषि लिमिटेडको साझेदार कार्यक्रम ‘मुना प्रसोधन ईकाई, पोखराको स्थापना सम्पन्न भै कार्य शुभारम्भ सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताईन ।

विभिन्न स्थानबाट संकलन गरिएका कृषि उपजहरुलाई सुरक्षित तवरले राख्नका लागि प्याकेजिङ र प्रोसेसिङको काम भईरहेको बताईन । उनले सरकारी ५ लाख सहित सो कार्यक्रमका लागि ११ लाख ९ हजार १२५ रुपैयाँ मेसिन, सामग्री लगायतको खरिदमा खर्च भएको बताईन । सो अवसरमा उनले पोखरा स्थानिय सरकारसंग काम गर्दा धेरै सजिलो भएको बताईन ।

असार १५, राष्ट्रिय धान दीवस तथा सार्वजनिक सुनुवाई कार्यक्रममा मुना बजारको तर्फबाट सहभागिलाई आर्गानिक खाजासहित सामूहिक छलफल गरिएको थियो । सो अवसरमा वडा अध्यक्ष वरालसहितको टोलीले मुना बजारको प्याकेजिङ तथा प्रोसेसिङ कक्षको अनुगमन पनि गरेको थियो ।