लम्बियो सयपत्री हाइड्रोपावरको सेयरमा आवेदन दिने म्याद, कहिलेसम्म दिने ?

-



     सफल आवाज    
     असार १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ असार । सयपत्री हाइड्रोपावरको सेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि असार २ गतेदेखि बिक्रीमा ल्याएको सेयरमा म्याद थप भएकाेले अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

बाग्लुङ्गको ताराखोला गाउँपालिका र गलकोट नगरपालिका जनताका लागि कम्पनीले प्रतिसेयर १०० अंकित मूल्य दरको ३ लाख कित्ता सेयर निष्काशन गरेको हो ।

सेयरमा लगानी गर्नको लागि प्रभु बैंकको ताराखोला र गलकोट शाखाबाट आावेदन दिन पाईनेछ । यस्ते ग्लोबल आइएमई बैंकको गलकोट शाखा, कामना सेवा विकास बैंकको गलकोट र एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं कार्यालयबाट आावेदन दिन पाईनेछ ।

लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।