नेप्सेमा दोहोरो अंकको गिरावट, डेढ अर्ब बराबरकाे कारोबार

-



     सफल आवाज    
     असार १७ गते २०७९ मा प्रकाशित



कठमाडौं, १७ असार । साताको सेयर कारोबार हुने छैटाैं दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

तीनवटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । कारोबार रकम पनि अघिल्लो दिनकोभन्दा १ करोडले कम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा झरेको छ । नेप्सेमा ०.४४ प्रतिशतले गिरावट हूँदा सेन्सेटिभ इण्डेक्स ३.१७ अंकले घटेर ३८८.६२ विन्दुमा रहेको छ ।

कुल २२१ कम्पनीको सेयर कारोबार भएको छ । ३६ लाख ६३ हजार २२० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ३ वटामा हरियो लागेको छ । व्यापार उपसमूह, फाइनान्स तथा माइक्रोफइनान्सतर्फ बढेको छ । बाँकी १० वटा उपसमूहको घटेको छ ।

करोबारको आधारमा सबैभन्दा बढी सिवम सिमेन्ट्सको कारोबार भएको छ । कम्पनीको ५ करोड ५७ लाख ४७ हजार ८९३ रुपैयाँ ८० पैसा बराबरको करोबार भएको छ।